मा प्रकाशित
कुलराज पोख्रेल
भदौ १६, दाङ ।
सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।
तर डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने समायोजन गरिएको छैन । आज आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।