लिदि पहिरो पिडितलाइ ९ लाख सहयोग – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

लिदि पहिरो पिडितलाइ ९ लाख सहयोग

    मा प्रकाशित

कनिका खबर
भदौ १७, सिन्धुपाल्चोक
गैह्र आवशिय नेपाली संघ र सिन्धु सोसाइटि अमेरीकाले आज लिदि पहिरो पिडितहरुका लागि सहयोग गरेका छन् । आज गैह्र आवशिय नेपाली सघंका तर्फबाट ५ लाख रुपिँया र सिन्धु सोसाटिको तर्फबाट ४ लाख गरि ९ लाख जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाइ सहयोग हस्तान्तरण गरिएको सिन्धु सोसाइटिका अध्यक्ष बंशलाल तामाङले जानकारी दिनुभयो । गैह्र आवशिय नेपाली सघंका तर्फबाट केन्द्रिय उपाध्यक्ष सोनाम तामाङ र सिन्धु सोसाइटिका स्थानिय प्रतिनिधि छेवाङ शेर्पाले सो रकम हस्तान्तरण गर्नुभएको हो । साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पुर्णरुपमा क्षति पुर्र्याएको थियो । पहिरो पडितहरुलाइ अहिले सुरक्षित स्थानमा सारिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्