बोजिनी ड्याममा डुबेर एक युवकको मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

बोजिनी ड्याममा डुबेर एक युवकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १७, भक्तपुर 
भक्तपुरचाँको गुनारायण नगरपालिकाको सुडालमा डुबेर एक जना पुरुषको मृृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ८ सुडालको बोजिनी ड्याममा पौडी खेल्ने क्रममा पाँचथर तुम्बेवा गाउँपालिका–४ घर भई सुडाल बस्ने वर्ष २५ को अमन लिम्बु भनिने योगेन्द्र लिम्बु सावाको मृत्यु भएको हो । लिम्बु पोखरीमा डुबेर बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ उद्दार टोली खटी उद्दार गर्न प्रयास गर्दा मौसमको प्रतिकूलताका कारण उद्दार गर्न नसकेको र शव भेटिएको प्रहरीले जानकारी दिएको छ । पानीमुनी पसी खोजतलास गर्दा लेदोमा गाडिएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिनुभयो । कानूनी प्रक्रिया पुरा गरी शवलाई पोष्टलमार्टमको लागी केएमसी अस्पताल दुवाकोट लगिएको छ । मृतक योगेन्द्रसँगै पौडी खेल्न अर्का प्रकाश लिम्बु गएकाले सोधपुछ गरी थप अनुसन्धान कार्य भइरहेको डीएसपी गिरीको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्