आजदेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको ओपिडी सेवा सुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

आजदेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको ओपिडी सेवा सुरु

    मा प्रकाशित

सञ्जिव पछाइ
भदौ १७, दाङ ।


आजदेखि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको ओपिडी (बहिरंग) सेवा सुरु भएको छ । केही दिन पहिले अस्पतालमा कार्यरत २ जना चिकित्सक सहित ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि भदौ १३ गतेदेखि अस्पताल सिल गरेर सबै सेवा बन्द भएको थियो । अस्पतालले सोमबार बेलुकी पाँच बजेदेखि आपतकालिन र प्रसुती सेवा सुरु गरेको थियो ।

मंगलबारसम्म अस्पतालमा कार्यरत चिकित्सक सहित ११ जनामा कोरोना पुष्टि भए पनि उनिहरुलाई आइसोलेसनमा राख्ने कामदेखि अस्पतालमा सेनिटाईजर छिट्ने र अन्य सबै कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि ओपिडी सेवा सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा. पदमराज अधिकारीले बताए । उनले भने, ‘ अस्पताललाई स्यानिटाइजर गर्ने काम सकिएकोले आजदेखि ओपिडी सेवा सुरु गरेका हौँ ।’ ओपिडी सुरु भएसंगै अघिपछिको जस्तै सामान्य बिरामीले पनि अस्पतालमा पुगेर उपचार सेवा र परामर्श लिन सक्ने अस्पतालले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्