नेपालमा महिलाहरुलाई मताधिकारको व्यवस्था मंगलादेवीले गरेकी हुन् : प्रकाशमान सिंह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपालमा महिलाहरुलाई मताधिकारको व्यवस्था मंगलादेवीले गरेकी हुन् : प्रकाशमान सिंह

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ ।

नेपालमा महिलाहरुलाई मताधिकारको व्यवस्था गर्न स्वर्गीय मंगलादेवी सिंहले महत्वपूर्ण भूमिका निभाएको काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले बताएका छन् । स्वर्गीय म)गलादेवीका पुत्र समेत रहेका काँग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले मंगला देवी स्मृती प्रतिष्ठानको आयोजनामा आयोजित २४औं स्मृति दिवसको अवसरमा यस्तो बताएका हुन् । ‘शुरुमा पुरुषहरुलाई मात्रै मताधिकारको व्यवस्थारहेकोमा उहाँकै माग र दवाव अनुसार महिलालाई मताधिकारको व्यवस्था गरिएको हो ।’ नेता सिंहले बताए ।
निर्वाचित व्यक्तिले महिलामाथि पनि शासन गर्ने भएकाले महिलाले पनि मताधिकार पाउनु पर्ने माग मंगालादेवीले शीर्ष नेताहरुसँग राखेपछि त्यस्तो व्यवस्था भएको सिंहले बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा. चन्द्र भण्डारीले महिला शसक्तिकरणबाट मात्रै लोकतन्त्र बलियो हुने भएकाले महिला शसक्तिकरण काँग्रेसको प्राथमिकतामा परिरहेको बताए ।
प्रतिष्ठानकी संस्थापक अध्यक्ष समेत रहेकी काँग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले पार्टी र राज्यको निर्णायक तहमा महिलालाई ठाउँ दिन काँग्रेसले थप उदारता देखाउनु पर्नेमा जोड दिइन् । उनले अहिले पाएका अवसरहरुलाई प्रभावकारी बनाउनु पर्ने तर्फ पनि सवैले ध्यान दिन आग्रह गरिन् । महिला संघकी पूर्व केन्द्रीय अध्यक्ष डा. संग्रौलाले आफूहरुले देशभरका महिलाहरुलाई जागरुक गराउन विभिन्न गतिविधिहरु गरिरहेको र थप योजनाहरु पनि बनाइएको जानकारी दिइन् ।
प्रतिष्ठानकी अध्यक्ष गंगा लक्ष्मी अवालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा महिला अधिकारकर्मी नम्रता शर्माले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने अधिवक्ता विष्णु वस्यालले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा प्रतिष्ठानकी संस्थापक महासचिव तथा काठमाडाँै महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी, प्रतिष्ठानका प्रदेश संयोजकहरुलगायतले स्थानीय सरकारमा महिला सहभागिता रहेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्