धादिङमा कोरोनाका कारण थप १ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या २ सय २९ – Kanika Khabar
Sunday, July 20Nepali News Portal

धादिङमा कोरोनाका कारण थप १ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या २ सय २९

    मा प्रकाशित

कनिका खबर
भदौ १७, धादिङ
धादिङमा कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । आज धादिङको सिद्धालेक गाउँपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृगौलामा समस्या भएका उनको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानकारी दिनुभयो । यसैबीच बुधबार ज्वालामुखी गाउँपालिका वडा नं. २ का ३६ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टी भएको थापाले बताउनु भयो ।

धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय २९ पुगेको छ भने १ सय ६३ जना निको भएर घर फर्किएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्