कपिलबस्तुमा तीन वर्षमा १३ हजार परिवारको स्वास्थ्य बीमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

कपिलबस्तुमा तीन वर्षमा १३ हजार परिवारको स्वास्थ्य बीमा

    मा प्रकाशित

कनिका खबर
भदौ १७, कपिलवस्तु
कपिलवस्तुमा तीन वर्षको अवधिमा १३ हजार ६ सय ५ परिवारले स्वास्थ्य बीमा गराएका छन् । जिल्लाका दश स्थानिय तहमा खटिएका ९६ जना बीमा दर्ता सहयोगीहरुले अहिले सम्म ७२ हजार ४ सय ७४ जनाको स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य कार्यालय बीमा ईकाइका अनुसार सुरुवाती चरण भन्दा पछिल्लो समयमा बीमा गर्नेहरुको संख्या घटेको छ । जिल्लाको वाणगंगा नगरपालिकामा सबैभन्दा धेरै ५ हजार १३४ परिवारका २६ हजार ७ सय जनाले बीमा गरेका छन् । बुद्धभूमि नगरपालिकामा २ हजार ७ सय ३० परिवारका १४ हजार , महाराजगन्ज नगरपालिकामा १ हजार ५० परिवारका ६ हजार ९० जना र कृष्णनगर नगरपालिकामा ८ सय ६९ परिवारका ५ हजार १४ जनाले स्वास्थ्य बीमा गराएका छन् । यस्तै कपिलवस्तु नगरपालिकामा १ हजार ३ सय ९९ परिवारका ७ हजार जना, विजयनगर गाँउपालिकामा ६ सय ९० परिवारका ३ हजार ७ सय ५० जना र शिवराज नगरपालिकामा ८ सय ५४ परिवारका ४ हजार ५ सय जनाले बीमा गराएका छन् । शुद्धोदन गाँउपालिकामा ४ सय ४२ परिवारका २ हजार २ सय १० जना, मायादेबी गाँउपालिकामा २ सय ३६ परिवारका र १ हजार २ सय ८० जना, यशोधरा गाँउपालिकामा २ सय १ परिवारका १ हजार ९ सय ३० जनाले बिमा गराएको स्वास्थ्य बीमा बोर्डकी दर्ता अधिकारी सुजता महर्जनले बताउनुभयो ।

अहिले सम्म स्वास्थ्य बीमा गरेपावत नगद रकम रु २ करोड १२ लाख ४ हजार ९८५ रकम संकलन भएको महर्जनले बताउनुभयो । जेष्ठ नागरिक र अति विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७६।७७ मा ४ हजार २ सय ३२ जेष्ठ सदस्य र ६ हजार ९सय ३२ जना अतिविपन्न परिवारका सदस्यहरुको निशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य बीमा वोर्डका दर्ता अधिकारी सुन्दरलाल चौधरीले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्