चितवनमा कोरोना सङ्क्रमणका कारण थप १ महिलाको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चितवनमा कोरोना सङ्क्रमणका कारण थप १ महिलाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १८, चितवन ।
चितवनमा कोरोना सङ्क्रमणका कारण थप १ महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै चितवनमा कोरोनाले मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये चितवनका १० जना, मकवानपुरका ४ जना, बारा, गोर्खा, कैलाली र नवलपसारी सुस्ता पूर्वका १र १ जना छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्