बाग्लुङ बाढी अपडेट: १५ घर बगायो, ६ जनाको शब फेला – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाग्लुङ बाढी अपडेट: १५ घर बगायो, ६ जनाको शब फेला

    मा प्रकाशित

कनिका खबर
भदौ १८, बाग्लुङ ।
बाग्लुङको सुकुर्दुङ खोलामा आएको बाढीमा बेपत्ता भएकामध्ये ६ जनाको शब फेला परेको छ । जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले १५ घर बगाउँदा बेपत्ता भएका १३ जनामध्ये ६ को शव फेला परेको हो ।

सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँमा गएराति १२ बजेतिर आएको बाढीले कम्तिमा १५ घर बगाएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए । बिहान ८ बजेसम्म ६ जनाको शव फेला परेको प्रजिअ न्यौपानेले बताए ।

न्यौपानेका अनुसार ढोरपाटनका ६, ७, ८ र ९ वडा प्रभावित भएका छन् । त्यसमध्ये पनि ८ र ९ वडामा बढी क्षति भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्