कोरोना विरुद्धको खोपको लागि हुने पहलमा अमेरिका सहभागि नहुने – Kanika Khabar
Sunday, October 13Nepali News Portal

कोरोना विरुद्धको खोपको लागि हुने पहलमा अमेरिका सहभागि नहुने

    मा प्रकाशित

कनिका खबर
भदौं १८, दाङ
अमेरिकाले कोरोना भाइरस विरुद्धको खोपको लागि कुनै पहल नगर्ने भएको छ । कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउनका लागि हुने कुनैपनि किसिमको अन्तर्राष्ट्रिय पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको छ । विश्व स्वास्थ्य संगठनको नेतृत्वमा सुरक्षित र प्रभावकारी खोपको अनुमति पाउन र त्यसको लाइसेन्स प्राप्त भइसकेपछि सबैको पहुँचमा खोपलाई न्यायसंगत रुपमा पु¥याउन तथा सुनिश्चित गराउनका लागि विश्वका १ सय ७२ देशको पहलमा अमेरिकाले सहभागिता नजनाउने बताएको हो ।

अमेरिकाले कोरोना भाइरस महामारीको विषयमा विश्व स्वास्थ्य संगठनमाथि पटक पटक आरोप लगाउँदै आएको छ । कोरोना महामारीको विषयलाई लिएर असन्तुष्ट बनेको अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्दै संगठनबाट अलग्गिसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्