नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौ १८, दाङ ।
नेपालमा आज बिहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५७ पुगेको छ ।

कुल संक्रमितमध्ये नेपालमा ज्यान गुमाउनेको संख्या ०.६ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको मृत्यु भएको छ । जसमा चितवन र भक्तपुरकी ४० वर्षीया २ महिला, तनहुँकी ९२ वर्षीया महिला र रुपन्देहीकी ७७ वर्षकी महिला छन् ।

त्यसैगरी सिन्धुपाल्चोकका ७७ वर्षका एक पुरुष र रुपन्देहीका ६५ वर्ष पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्