बागलुङ बाढी : १२ को मृत्यु, ४२ बेपत्ता, गृहमन्त्री बिच बाटो बाटै फिर्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

बागलुङ बाढी : १२ को मृत्यु, ४२ बेपत्ता, गृहमन्त्री बिच बाटो बाटै फिर्ता

    मा प्रकाशित

कनिका खबर
भदौं १८, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा गए राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाढीका कारण ४२ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार दिउँसो सम्ममा ४२ जना बेपत्ता भएको र यो संख्या अझै थपिन सक्ने देखिएको छ । बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा प्रत्यक्ष पुगेपछि तेब्बर बढी संख्यामा मानिस बेपत्ता भएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । राती करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ७, ८ र ९ का ३१ घर बगाएको छ ।

मृतकमध्ये पाँच जना पुरुष र एक बालिका सहित ८ जना महिला छन् । जसमा एक महिलाको भने सनाखत भएको छ । मृत्यु हुनेमा ढोरपाटन नगरपालिका ९ की २६ वर्षीया केशमाया विक रहेको रेग्मीले बताउनुभयो । बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, एक जीप लगायत गाई वस्तु बगाएको छ ।

बाढी प्रभावित क्षेत्र ढोरपाटन नगरपालिकामा राहत सहित हिँड्नुभएका गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बीच बाटोबाटै फिर्ता भएको छ । भुजीखोलामा बाढीले पु¥याएको क्षतिबारे स्थलगत जानकारी लिन नेपाली सेनाको हेलिकप्टर मार्फत उडेका गृहमन्त्री थापा मौमस खराबी पछि स्याङ्जाको आकाशबाटै पोखरा विमानस्थलमा आकस्मिक अवतरण गर्नुभएको थियो । गृहमन्त्री सहितको टोली चढेको हेलिकप्टर अत्याधिक वर्षाका कारण मौसमले साथ नदिएपछि बीच बाटोबाटै पोखरा फर्किएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्