रौतहटका पुजारी हत्याकाण्ड आरोपी २ पक्राउ – Kanika Khabar
Thursday, March 28Nepali News Portal

रौतहटका पुजारी हत्याकाण्ड आरोपी २ पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं १८, रौतहट
रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर २ खेसरहरिया चोक स्थित हनुमान मन्दिर पुजारी हत्याकाण्डका आरोपमा २ जना पक्राउ परेका छन । गत भाद्र ३ गते पुजारी श्रीराम साहको खाना खाइरहेको समयमा कन्चटमा गोली हानी हत्या भएको थियो । प्रदेश २ प्रहरी कार्यालय जनकपुरको टोली र जिल्ला प्रहरी कार्यालय रौतहतको बिशेष प्रहरी टेलीले उनीहरुलाई बौधीमाइ नगरपालिकाको वडा नम्बर ७ वडकी बंकुल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

देवाही गोनाही नगरपालिका वडा नम्बर १ करुनियाका ३६ बर्षिय नरेस भनिने राम नरेस राउत पटेल र सोही स्थानका २८ बर्षिय बाल कुमार पटेल पक्राउ परेको प्रहरीले एक विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराइएको हो । पुजारीसँग ति ब्यक्तिहरुको आर्थिक लेनदेनका कारण हत्या गरिएको प्रहरीको भनाइ रहेको छ । पक्राउ परेका राम नरेस पटेलले नल कटुवा पेस्तोल प्रयोग गरि हत्या गरेको र बाल कुमार पटेलले घटना नजिक मानिसहरुको आवतजावतलाई निगरानी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

पुजारीसंग विभिन्न बिषयमा छलफल हुँदा मृतकसंग मत बाझिएकोले धेरै पटक राम नरेश पटेल लगायत अन्य स्थानियसंग वादविवाद भएको प्रहरीको दावी रहेको छ । पुजारीको किन र के कारणले हत्या गरिएको हो त्यसको अनुसन्धान भइरहेकाले अहिले नै केही भन्न नसकिने रौतहटका बुद्धिजिविहरुको तर्क रहेको छ । यस घटनामा संलग्न रहेका फरार अन्य अपराधिको खोजी कार्य भइरहेको जनाइएको छ । पक्राउ परेका अभियुक्त जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्