लफ्याङमा ‘शैक्षिक तथा सचेतना अभियान सुरु – Kanika Khabar
Sunday, April 27Nepali News Portal

लफ्याङमा ‘शैक्षिक तथा सचेतना अभियान सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं १८, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा शैक्षिक तथा सचेतना अभियान सुरु गरिएको छ । कोभिडका कारण लामो समयदेखि अवरुद्ध शैक्षिक सिकाइलाई सुचारु गराउने विकल्पको रुपमा श्रीमाबि बासबोटे लफ्याङले ५ दिने शैक्षिक तथा सचेतना अभियान सुरु गरेको हो । यस अभियानमा प्रत्येक विद्यार्थीको घरमा पुग्ने, अविभावकलाई भेट्ने र रुटिन बनाएर विद्यार्थीलाई होमोर्क दिने लगायत घरैमा अध्ययन गर्ने वातावरण बनाउनका लागि हिजो देखी कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायाम राख्दै विध्यालय व्यावस्थापन समिति, शिक्षक तथा अविभावकहरुको उपस्थितीमा घरदैलो अभियान थालिएको श्रीमाबि बासबोटेका प्रधानाध्यापक जसराज किराँतीले बताउनुभयो ।

विद्यार्थीले हरेक विषयका लागि दैनिक कम्तीमा आधा–आधा घण्टाको रुटिन बनाएर पढ्नुपर्ने, पढेको विषय, अध्ययन गरेको पाठ, अध्ययन गरेको मितिलाई कापीमा उल्लेख गरेर चेकजाँचका लागि विद्यालयले मागेको समयमा उपलव्ध गराउनुपर्ने व्यवस्थापन समितिले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्