कोहलपुरका १९ सहित बाँकेका ३९ मा कोरोना पुष्टि – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

कोहलपुरका १९ सहित बाँकेका ३९ मा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
भदौं १८, बाँके
बाँकेमा आज ३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा बाँकेका ३९ र बर्दियाका ८ जना गरी ४७ जनामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु मध्ये सबैभन्दा बढि कोहलपुरका छन् ।

भेरी अस्पतालले जारी गरेको विवरण अनुसार कोहलपुर ११ का १३ र कोहलपुर ३ का ६ गरी १९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी नेपालगन्जका १४, भेरी अस्पतालका ३, जिल्ला प्रहरी कार्यालय बाँकेका एक र नेपालगन्ज बस्दै आएका बर्दिया र दैलेखका १र१ जना रहेका छन । त्यस्तै बाँके जिल्लामा भोलि र पर्सि निषेधज्ञा लगाईएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्