ललितपुर जिल्लामा आज बिहानदेखि राति १० बजेसम्म कर्फ्यू ।। – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

ललितपुर जिल्लामा आज बिहानदेखि राति १० बजेसम्म कर्फ्यू ।।

    मा प्रकाशित

कनिका खबर
भदौं १९, ललितपुर

जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरेको छ । चक्रपथको बल्खु पुलदेखि मनोहरासम्म र जिल्लाअन्तर्गत पर्ने चक्रपथभित्र लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार रातो मत्स्येन्द्रनाथ जात्रा स्थगन गर्ने निर्णयविपरीत शान्ति सुरक्षा र जनस्वास्थ्यमा खलल पु¥याउने गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको हो । हिजो पुल्चोकमा अनुमतिबिना जात्रा अगाडि बढाएपछि प्रहरी र जात्रामा सहभागीबीच झडप भएको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीसमेत घाइते भएका थिए । स्थिति हेरेर आजदेखि जारी गर्न लागिएको कर्फ्युलाई समेत बढाउन सकिने प्रजिअ भट्टले बताउनुभयो । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमति भएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा हिजो साँझ बसेको बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार आज क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत हेर्ने र २६ गते मूर्ति बुङ्गमतीमा पु¥यााएर मन्दिरमा बिराजमान गराउने कार्यक्रम रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्