जिल्ला हुलाक कार्यालय बैतडीद्वारा गत आर्थिक वर्षमा साढे ४ लाख राजस्व सङ्कलन – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

जिल्ला हुलाक कार्यालय बैतडीद्वारा गत आर्थिक वर्षमा साढे ४ लाख राजस्व सङ्कलन

    मा प्रकाशित

कनिका खबर
भदौं १९, बैतडी
जिल्ला हुलाक कार्यालय बैतडीले गत आर्थिक वर्षमा साढे ४ लाख राजस्व सङ्कलन गरेको छ । टिकट बिक्री, अनलाईन सेवा, एफएम रोयलटी र नविकरण, पत्रपत्रिका नविकरण र दण्ड जरिवाना गरि ४ लाख ५२ हजार ३ सय २६ रुपैयाँ ५० पैशा राजस्व सङ्कलन गरेको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख टिका सिंह रावलले जानकारी दिनुभयो । टिकट बिक्रिबाट २ लाख ९० हजार ९२ रुपैयाँ, अनलाईन सेवाबाट ३७ हजार ७ सय २४ रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रमुख रावलले बताउनुभयो ।

रोयलटी नविकरणबाट १ लाख १८ हजार २ सय २५ रुपैयाँ, पत्रपत्रिका नविकरणबाट ४ सय ८५ र दण्ड जरिवानाबाट ५ हजार राजस्व सङ्कलन गरिएको जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख रावलले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा राजस्व सङ्कलनमा कमी आएको छ । कोरोना माहामारीले गर्दा चैत ११ गतेदेखिको लकडाउनले टिकट बिक्री नहुँदा राजस्व सङ्कलनमा कमी आएको प्रमुख रावलले बताउनुभयो ।

जिल्ला हुलाक कार्याल बैतडीका प्रमुख रावलले ४२ दशमल ६३ प्रतिशतले राजस्व सङ्कलनमा कमी आएको बताउनुभयो । आर्थिक २०७५/०७६ मा ७ लाख ८८ हजार ४ सय ७१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्