मा प्रकाशित
कनिका खबर
भदौ १९, दाङ ।
अर्थमन्त्री, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकार प्रवक्ता युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।
आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले आज साँझ नै राजीनामा दिने घोषणा गरेका हुन् । खतिवडाको गत फागुन २० गते २ वर्षे कार्यकाल सकिएको थियो । त्यसपछि उनी पुनः ६ महिनाका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए ।
राष्ट्रियसभाको एक सिटमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि रोकिएको छ ।