कोरोना नियन्त्रणका लागि नाकामा थप कडाई – Kanika Khabar
Thursday, November 13Nepali News Portal

कोरोना नियन्त्रणका लागि नाकामा थप कडाई

    मा प्रकाशित

कनिका खबर
भदौं १९, नुवाकोट
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण नुवाकोटमा सङ्क्रमणको जोखिम भयाबह भएसँगै जिल्ला भित्रिने सबै नाकामा कडाई गरिएको छ । नुवाकोट भित्रिने कोल्पुटार नाका बाहेक अरु सबै अत्यावश्यकका लागी मात्रै खुल्ला गरिएको छ । त्यस बाहेक मोटरसाईकल समेत अरु नाकाबाट आबतजाबत गर्न नपाउने बनाइएको छ । जिल्ला संकट ब्यबस्थापन केन्द्र नुवाकोटको बैठकले गल्छी–देवीघाट–त्रिशूली सडकमार्गमा रहेको कोल्पुटारबाट जिल्ला भित्रिने सर्वसाधारणलाई अनिबार्य क्वारेन्टाइनमा राख्नको लागी सम्बन्धित वडा कार्यालयको सहमतिमा मात्रै प्रबेस गर्न पाउने जिल्ला संकट ब्यबस्थापन केन्द्रले निर्णय गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभयो । पहाडि संरचना रहेको नुवाकोट प्रवेशका लागि पासाङल्हामु मार्गको वालाजु–ककनी–त्रिशूली, गल्छी–देवीघाट–त्रिशूली सडकमार्ग, छहरे–टोखा–त्रिशूली सडकमार्ग सञ्चालनमा रहेको छ । पासाङल्हामु मार्ग सवैभन्दा पुरानो २०१० सालदेखि, गल्छी–देवीघाट–त्रिशूली सडकमार्ग २०४५ सालदेखि र छहरे–टोखा–त्रिशूली सडकमार्ग २०६० सालदेखि सनलनमा रहेको सडकमार्ग हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्