गजल – Kanika Khabar
Sunday, April 27Nepali News Portal

गजल

    मा प्रकाशित

शरीर बाटै आफ्नो धोती हराउने यो देश !
राम्राको खुट्टा तान्दै कराउने यो देश !

लुटिने र कुटिने त कति छन कति यहाँ
तर पनि सत्य बोल्न डराउने यो देश !

माछालाई जाल थापी के के गर्छु भन्दै
कठै जालमा भ्यागुतो पो पराउने यो देश !

टालटुल गरिकन जोगाएको अस्तित्वलाई
छताछुल्ल पारी छेउमै छराउने यो देश !

नियम कानुन केही कुराको प्रवाह नगरी
आफ्नाका नै दुख हरु तराउने यो देश !

******

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्