भक्तपुरमा वडा कार्यालयले कोरोना सङ्क्रमितको घरमा ताला लगायो – Kanika Khabar
Thursday, February 13Nepali News Portal

भक्तपुरमा वडा कार्यालयले कोरोना सङ्क्रमितको घरमा ताला लगायो

    मा प्रकाशित

कनिका खबर
भदौं २०, भक्तपुर
भक्तपुरमा कोरोना सङ्क्रमितको घरमा वडा कार्यालयले ताला लगाएको छ । भक्तपुर नगरपालिका १० मा ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएपछि घरमा वडा कार्यालयले ताला लगाइदिएको हो । बुधबार ४७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि अस्पताल लगिसकेको छ । वडा कार्यालयले घरमा ताला लगाईदिएपछि कमलविनायक स्थित सङ्क्रमित पुरुषका परिवार र डेरा गरी बस्ने तीन परिवारका १० जना घरभित्र थुनिएका छन् ।

अन्य स्थानमा यसअघि कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमितको टोलका केही भाग मात्रै सङ्क्रमित क्षेत्र भनेर शिल गर्ने गरिएको थियो । सङ्क्रमितको घरमा डेरा गरि बस्ने मानिसहरू बाहिर निस्केको भन्दै घरबेटीको अनुमतिमा ताला लगाएको भक्तपुर नगरपालिका–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्ँयौमिखाले बताउनुभयो । टोलका स्थानीयले सङ्क्रमितको घरबाट मानिसहरू घर बाहिर आवतजावत गरेको गुनासो गरेपछि सङ्क्रमण समुदायमा फैलिने डरले घरमा ताला लगाएको वडाध्यक्ष ह्ँयौमिखाको भनाइ छ । घरमा बस्ने मानिसहरूलाई केही समस्या भए स्थानीयले सहयोग गर्ने ह्ँयौमिखाले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सङ्क्रमितको पहिचान खुल्ने गरि कुनै पनि गतिविधि नगर्न भनि सकेको छ । वडा अध्यक्षको संलग्नतामा सङ्क्रमितको घरमा ताला लगाइएको छ ।

सङ्क्रमितको घरमा ताला लगाउनु गलत भएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले यसबारे आफूलाई थाहा नभएको र बुझ्ने बताउनुभयो । सङ्क्रमितकोे टोलमा सङ्क्रमण देखिएमा स्थानीय तहले टोल शिल गर्ने गरेको भएपनि वडा कार्यालयले घरमा ताला लगाउन महानगरीय प्रहरी भक्तपुरले पनि सहमति दिएको प्रहरी परिसद भक्तपुरका प्रबक्ता डिएसपी दिपक गिरिले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्