लमजुङमा तीन जना बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ – Kanika Khabar
Thursday, April 18Nepali News Portal

लमजुङमा तीन जना बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं २०, लमजुङ
लमजुङमा ३ जना बालिका बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका ३ बगुमका वर्ष ४३ का नन्दमान गुरुङलाई प्रहरीले हिजो पक्राउ गरेका हो । भदौ ६ गते ११ बर्षिया दुई बालिका र ९ बर्षिया बालिकालाई कोही नबस्ने खाली घरमा लगी ललाई फकाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई पक्राउ गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । प्रहरीले अभियुक्तलाई पक्राउ गरी अदालतबाट २० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको डिएसपी थापाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्