कार्यालयहरू समायोजन नगर्न दूग्ध उत्पादक सहकारी संघको माग – Kanika Khabar
Sunday, July 20Nepali News Portal

कार्यालयहरू समायोजन नगर्न दूग्ध उत्पादक सहकारी संघको माग

    मा प्रकाशित

कनिका खबर
भदौं २०, भक्तपुर
भक्तपुर जिल्ला दूग्ध उत्पादक सहकारी संघले विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्थामा किसानलाई मारमा पार्ने गरी वागमति प्रदेशले कार्यालयहरू समायोजन कार्य अगाडि बढाउन लागेको भन्दै आपत्ति जनाएको छ । कृषि तथा तरकारी उत्पादन र पशुपालनबाट दूध तथा मासुजन्य उत्पादनमा अगाडि रहेको भक्तपुरमा कृषि तथा पशुपालन गरिरहेका कृषकहरूको लागि अझै थप सहयोग, अनुदान तथा सहुलियतपूर्ण ऋण सहितका सहयोग कार्यक्रमहरू ल्याउनका लागि वागमती प्रदेश सरकारसँग माग गर्दै संघले कार्यालयहरू समायोजन कार्य अगाडि नबढाउन अनुरोध गरेको छ । संघका अध्यक्ष हरिप्रसाद नेपालद्धारा जारी बिज्ञप्तीमा कोरोना संक्रमणले मानिसहरूलाई अन्योलताको अवस्था सृजना गराएको र कृषि तथा पशुजन्य उत्पादनहरुको विक्रि वितरण हुन नसकिरहेको, कृषिका लागि आवश्यक रासायनिक मल, बिउबिजन तथा पशुआहार पनि समयमै उपलब्ध हुन नसकेकोले सोचेजस्तो उत्पादन गर्न नसकेको बेलामा कृषकको समस्यालाई सम्बोधन गर्न माग गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्