विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने

    मा प्रकाशित

कनिका खबर
भदौ २०, दाङ ।
विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान दिने भएको छ । विश्व बैंकले नेपाललाई विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ८५ लाख अमेरिकी डलर बराबरको अनुदान दिने भएको छ । विश्व बैंकले १ करोड ८५ लाख अमेरिकी डलर अर्थात करिब १ अर्ब २७ करोड रूपैयाँ विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि अनुदान दिने भएको हो ।

सो अनुदान सम्झौतामा शुक्रबार सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

उक्त अनुदान कोभिड–१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन परिचालन गरिने बताइएको छ ।

यस अनुदान विद्यालयहरूलाई सुरक्षित रूपमा पुन सञ्चालन गर्न, खेर गएको सिकाइको समय र मनोवैज्ञानिक प्रभावसहितका विद्यार्थी र शिक्षकहरूमा परेको विविध प्रभावहरूलाई कम गर्न पनि महत्त्वपूर्ण हुनेछ । साथै यस अनुदानले दूर शिक्षाका कार्यक्रमहरूलाई सघाउने गतिविधिहरूका लागि बजेट उपलब्ध गराउनेछ। जसअन्तर्गत टेलिभिजन, रेडियो, सिकाइ पोर्टलका साथै इन्टरनेट र अन्य सञ्चारमाध्यममा पहुँच नहुने बालबालिकाका लागि मुद्रण गरिने सिकाइका सामग्रीहरू पर्नेछन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्