दाङमा कोरोना कहर : समुदायमा जाँच नभएका थुप्रै सङ्क्रमित छन्, सचेत रहौँ : स्वास्थ्य कार्यालय, सङ्क्रमित ८३८, डिस्चार्ज ७०६, सक्रिय सङ्क्रमित १३०, मृत्यु २ जना ( पालिका अनुसार विवरण) – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा कोरोना कहर : समुदायमा जाँच नभएका थुप्रै सङ्क्रमित छन्, सचेत रहौँ : स्वास्थ्य कार्यालय, सङ्क्रमित ८३८, डिस्चार्ज ७०६, सक्रिय सङ्क्रमित १३०, मृत्यु २ जना ( पालिका अनुसार विवरण)

    मा प्रकाशित

कुलराज पोख्रेल
भदौ २१, दाङ ।
दाङ जिल्लामा पछिल्लो चरणमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै जान थालेको छ । दिनानुदिन सङ्क्रमितको संख्या बढ्दै जान थालेपछि दाङ कोरोना सङ्क्रमणको जोखिममा देखिएको हो । हिजो शनिबार मात्रै दाङ जिल्लामा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै दाङ जिल्लामा सङ्क्रमितको संख्या ८३८ पुगेको छ ।
सङ्क्रमित मध्ये ७०६ जना विरामी निको भएर घर फर्किसकेका छन् । हिजो शनिबार बेलुकासम्मको रेकर्ड अनुसार १३० जना सक्रिय सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । सङ्क्रमित मध्ये २ जनाको मृत्यु भएको छ । दाङमा कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएको र अझै समुदायमा जाँच नभएका धेरै मानिस कोभिढ १९ बाट सङ्क्रमित भएको हुन सक्ने भन्दै स्वास्थ्य कार्यालय दाङले सबैलाई सचेत हुन आग्रह समेत गरेको छ ।

कुन पालिकामा कति सङ्क्रमित ?

दाङ जिल्लाका १० वटा पालिकामा नै कोरोना सङ्क्रमित रहेका छन् । जनस्वास्थ्य कार्यालय दाङका अनुसार बबई गाउँ पालिकामा ३२ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ३२ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै दङ्गीशरण गाउँ पालिकामा ६ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ५ जना नै निको भएर घर फर्किसकेका छन् भने १ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै शान्तिनगर गाउँ पालिकामा ३७ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये २४ जना निको भएर घर फर्किसकेका छन् भने १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै तुलसीपुर यपमहानगरपालिकामा ११९ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ७८ जना निको भएर घर फर्किसकेका छन् भने ४१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिकामा ३३९ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये २७१ जना निको भएर घर फर्किसकेका छन् भने ६६ जना सक्रिय सङ्क्रमित रहेका छन् । घोराहीमा २ जनाको मृत्यु भएको छ ।

त्यस्तै लमही नगरपालिकामा ३५ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ३४ जना निको भएर घर फर्किसकेका छन् भने १ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै बङ्गलाचुली गाउँ पालिकामा १६० जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये १६० जना नै निको भएर घर फर्किसकेका छन् ।
त्यस्तै राप्ती गाउँ पालिकामा ३८ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् भने ५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै गढवा गाउँ पालिकामा ४६ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये ४५ जना नै निको भएर घर फर्किसकेका छन् भने १ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै राजपुर गाउँ पालिकामा २२ जना कोरोना सङ्क्रमित रहेका छन् । यी मध्ये २० जना निको भएर घर फर्किसकेका छन् भने २ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

ठेगाना नखुलेका ४ जना सङ्क्रमित मध्ये ४ जना नै निको भइसकेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्