मानव बेचबिखन तथा ओसारपसारको घटना बढ्दै गएकोमा महिला मन्त्रीको चिन्ता – Kanika Khabar
Friday, April 19Nepali News Portal

मानव बेचबिखन तथा ओसारपसारको घटना बढ्दै गएकोमा महिला मन्त्रीको चिन्ता

    मा प्रकाशित

कनिका खबर
भदौं २१, काठमाडौं
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणमा योगदान पु¥याउन सबैलाई आह्वान गर्नु भएको छ । मन्त्री गुरुङले मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधको घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबै राजनीतिक दलहरुलाई पनि आग्रह गर्नु भयो । ‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औं राष्ट्रिय दिवस’को अवसर पारेर हिजो काठमाडौंमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले राजनीतिक दल, सबै तहका जनप्रतिनिधिहरुले मानव बेचबिखन हुन नदिन आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्