जुगलका पहिरो पीडितका लागि पर्साको ठोरीबाट ६ लाख बढी सहयोग – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

जुगलका पहिरो पीडितका लागि पर्साको ठोरीबाट ६ लाख बढी सहयोग

    मा प्रकाशित

कनिका खबर
भदौं २१, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका पहिरो पीडितहरूको लागि पर्साको ठोरी ४ मा गठन भएको राहत संकलन समितिले ६ लाख भन्दा संकलन गरि सहयोग गरेको छ । हिजो पर्साको ठोरीबाट आएको एक टोलीले अस्थायी आवास क्षेत्र जुगल गाउँपालिका–१ स्थित बाँसखर्क पुगेर ६ लाख ४३ हजार रुपैयाँ नगद सहयोग गरेको नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्साका अध्यक्ष निमा लामा पाख्रिनले बताउनुभयो । गत भदौ २ गते वडा नम्बर ४ को घ्याङडाँडामा वडाध्यक्ष बईबहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरूको भेलाले पहिरोमा परि घाइते भएका, आफन्त बेपत्ता भएर र मृत्यु भएर शोकमा रहेकाहरूलाई राहत वितरण गर्ने उद्देश्यले शिक्षक दलबहादुर स्याङबोको संयोजकत्वमा समिति गठन गरेको थियो । हाहत संकलन कार्यलाई व्यवस्थित र पारदर्शी बनाउनगठन गरिएको १३ सदस्यीय समितिले नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति पर्सा तथा नेपाल तामाङ घेदुङ ठोरी गापा कार्यसमितिसँग समन्वय गरेर देश तथा परदेशबाट सहयोग रकम जुटाएको समिति संयोजक शिक्षक स्याङ्बोले जानकारी दिनुभयो । पहिरोले पूर्ण रुपमा घर क्षति भएका र आफन्त समेत पहिरोमा गुमाएका १० घरधुरीलाई जनही ३० हजार, घरमात्र क्षति भएर विस्थापित भएका १८ घरधुरीलाई जनही १८ हजार ५ सयका दरले र एक जना घाइतेलाई १० हजार राहत रकम प्रदान गरिएको छ । समितिमार्फत संकलित रकम शनिबार (हिजो) प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई उपलब्ध गराइएको अध्यक्ष पाख्रिनले बताउनुभयो । साउनको ३० गते लिदीमा गएको पहिरामा परेर ३७ जनाले ज्यान गुमाए भने ३७ घर पुरिएको थियो । २ जना अझै बेपत्ता छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्