दाङमा एक हप्ता लम्ब्याइयो लकडाउन, केही क्षेत्र खुकुलो – Kanika Khabar
Tuesday, May 24Nepali News Portal

दाङमा एक हप्ता लम्ब्याइयो लकडाउन, केही क्षेत्र खुकुलो

    मा प्रकाशित

कनिका खबर
भदौ २१, दाङ ।


दाङ जिल्लामा एक हप्ता लकडाउन लम्ब्याइएको छ । आज आइतबार लम्ब्याइएको लकडाउन पहिलेभन्दा केही खुकुलो बनाइएको छ । जिल्ला कोभिड–१९ शंकट व्यबस्थापन केन्द्रको आइतबार बसेको बैठकले समुदाय स्तरमा कोरोना देखिएकाले भदौ २८ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी तथा केन्द्रका संयोजक गोविन्द रिजालले पहिलेभन्दा केही खुकुलो हुने जानकारी दिएका छन् ।

विहान १२ बजेसम्म बजार खुल्ने, सार्वजनिक सवारी साधन बन्द राखिने तर, विहान १२ बजेसम्म निजी सवारीमा जोर विजोर लागु गरी सञ्चालन गर्न दिने निर्णय भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्