मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज बनाऔँ : मन्त्री गुरुङ – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज बनाऔँ : मन्त्री गुरुङ

    मा प्रकाशित

कनिका खबर
भदौ २१, दाङ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माण कार्यमा योगदान पु¥याउन सबैलाई आह्वान गरेका छन् । ‘मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औं राष्ट्रिय दिवस’को अवसर पारेर शनिबार काठमाडौंमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उनले यसो बताएका हुन् ।
मानव बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराधको घटना बढदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको अन्त्य गर्ने सरकारको अभियानमा साथ दिन सबै राजनीतिक दलहरुलाई पनि मन्त्री गुरुङले आग्रह गरे ।
मन्त्री गुरुङले मानव बेचबिखनलगायतका जघन्य अपराधको घटना हुन नदिने अभियानमा संलग्न सामाजिक अभियन्ताहरुलाई ‘राष्ट्रिय परिचय पत्र’ बनाएर सम्मान गर्ने योजना पनि अघि सारेका छन् ।

त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गर्ने उनको योजना छ । ‘समाज रुपान्तरणको अभियानमा लाग्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उल्लेख्य योगदान पु‍¥याउनेहरुलाई राज्यले सम्मान गर्नेछ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक नीतिगत निर्णय तत्काल गरिनेछ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्