भक्तपुरमा सङ्क्रमित प्रहरीका लागि आइसोलेशन सञ्चालनमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

भक्तपुरमा सङ्क्रमित प्रहरीका लागि आइसोलेशन सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
भदौं २१, भक्तपुर
भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि आइसोलेशन सञ्चालनमा आएको छ । अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेशन तयार पारेको हो । प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ श्ययाको आइसोलेशन तयार पारेर सञ्चालनमा ल्याएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेशन तयार पार्ने काम भएको बताउनुभएको छ । भक्तपुरका प्रहरीमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र सङ्क्रमितलाई खरिपाटीस्थित आइसोलेशनमा पठाउने गरिएको प्रहरी प्रवक्ता गिरीले बताउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्