हलिया मुक्ति समाज बैतडीद्धारा सहकारी तथा गरिबी निवारण मन्त्रालय लाई ७ बुँदे ज्ञापन पत्र – Kanika Khabar
Friday, May 23Nepali News Portal

हलिया मुक्ति समाज बैतडीद्धारा सहकारी तथा गरिबी निवारण मन्त्रालय लाई ७ बुँदे ज्ञापन पत्र

    मा प्रकाशित

कनिका खबर
भदौं २१, बैतडी
जिल्ला हलिया मुक्ति समाज बैतडीले भूमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी मार्फत भुमि ब्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रि पद्या कुमारी अर्याललाइ ७ बुँदे ज्ञापन पत्र बझाएको हो । पुर्नस्थापनाको समयावधि लम्बिदै जादा छुटेका मुक्तहलियाहरुको उचित ब्यबस्थापन, शिक्षा, स्वास्थ्य, रोजगारी,आयआर्जन, दिगोजिवीकोपार्जन, सामाजिक सशक्तिकरण र समाबेसीकरण सम्बन्धी मुद्धाहरु ओझेलमा पर्दै गईरहेकाले ज्ञापन पत्र बुझाएको जिल्ला हलिया मुक्ति समाज बैतडीका अध्यक्ष रमेशराम कोलीले बताउनुभयो । हलिया समुदायको छाँता जनसंगठन राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल र नेपाल सरकार बिच भएको ५ बुदें सहमति र १० बुदें सिफारिसको भावना र मर्म अनुरुप काम हुन नसक्दा मुक्ति घोषणाको लामो समय हुदा सम्म पनि मुक्त हलियाहरु कष्टकर र पिडादायी जिवन जिउन वाध्य रहेको उहाँले बताउनुभयो । छुट मुक्त हलियाहरुको अवस्था अध्ययन, तथ्यांक संकलन, प्रमाणिकरण र परिचय पत्र वितरण सहित न्यायोचित पुर्नस्थापनको कार्यक्रम सञ्चालन गर्न , जिल्लामा बाँकी रहेका मुक्त हलियाहरुकोे यथाशिघ्र पुर्नस्थापना कार्य सम्पन्न गर्ने प्रक्रियामा संघीय सरकार बाट स्थानिय सरकार लाई छिटो छरितो कार्य सम्पन्न गर्न बित्तिय अख्तियारी सहित आवस्यक ब्यस्थापन गर्नु पर्ने ज्ञापनमा भनिएको छ । यस्तै मुक्त हलिया सुमदाय माथि हुने जातिय बिभेद तथा छुवाछुतको अन्त्यका लागि आवस्यक कार्यक्रम बनाई कार्यान्वयन गर्नुपर्ने , कोभिड–१९ बाट प्रभावित मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखि रोजगारी सिर्जना हुने र खाद्यसंकट न्युनीकरण गर्न बिशेष कार्यक्रम ल्याउनुपर्ने लगायतका मागहरु ७ बुँदे ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्