तुलसीपुरका तीन वटा स्वास्थ्य संस्था शिल – Kanika Khabar
Sunday, July 20Nepali News Portal

तुलसीपुरका तीन वटा स्वास्थ्य संस्था शिल

    मा प्रकाशित

कनिका खबर
भदौं २१, दाङ
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि तुलसीपुरका तीन वटा स्वास्थ्य संस्थालाई शिल गरिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ४ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएपछि तुलसीपुर–१८ मा रहेको हेमन्तपुर स्वास्थ्य चौकी, तुलसीपुर–१ मा रहेको पवननगर स्वास्थ्य चौकी र तुलसीपुर–१७ मा रहेको स्वास्थ्य चौकी शिल गरिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीका अन्य कर्मचारी, सङ्क्रमितका परिवार र अन्य सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन गरी रिर्पोट नआउँदा सम्मका लागि शिल गरिएको फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । स्वास्थ्य चौकी बन्द भएपछि उपचारसेवा प्रभावित बनेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्