कनिका खबर
भदौं २१, बाँके
बाँकेको भेरी अस्पतालमा गरिएको कोरोना परिक्षणमा हालसम्मकै उच्च सङ्क्रमण देखिएको छ । भेरी अस्पतालद्धारा आज दिउँसो जारी गरेको विवरण अनुसार बाँके, बर्दिया लगायत अन्य जिल्लाका गरी ८० जनामा कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको ल्यावमा गरिएको पीसीआर परीक्षणमा बाँकेका ३८ र बर्दियाका ३८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । त्यस मध्ये कोहलपुरका ३ जना रहेका छन् । कोहलपुर नगरपालिका वडा नं. १० का ४५ र ५७ वर्षिय पुरुष र कोहलपुर नगरपालिका वडा नं. १४ की ६८ वर्षिय महिलामा कोरोना भाईरसको सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै खजुरा गाउँपालिकाका १९ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका ११ जना, नेपालगञ्ज उपमहानगरपालिकाका ३ जना र अन्य ३ जना गरी बाँकेमा आज ३८ जनामा कोरोना पृष्टि भएको भेरी अस्पतालले जानकारी दिएको छ । यसैगरी बर्दियामा पनि ३८ जनामा कोरोना देखिएको छ । बर्दियामा यति धेरै मात्रामा सङ्क्रमण देखिएको यो पहिलो पटक हो भने बर्दियाको बाँसगढी नगरपालिका क्षेत्रमा ठूलो संख्यामा सङ्क्रमित थपिएका छन् । यस्तै बाजुरा, झापा, प्युठान र काठमाण्डौका एकएक जनामा संक्रमण भेटिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा कुल ८० जनामा संक्रमण भएको अस्पतालले जनाएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३ सय १३ जनाको परीक्षणमध्ये ८० जनामा कोरोना देखिएको हो । त्यस्तै बाँकेबाट आज ८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् ।
मा प्रकाशित