कनिका खबर
भदौं २१, दाङ
कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ । चाइना नेशनल बायोटेक गु्रप सीउनबीजी र सिनोव्याक बायोटेक लिमिटेडले थप चार देशले कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमती दिएको बताएका छन् । सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप तथ्याङ्क माग गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सिएनबीजीको तेस्रो चरणको ट्रायलमा १० देशका करिब ५० हजार मानिसहरु समावेश हुने अपेक्षा गरिएको छ ।