गण्डकीमा आज थप ६७ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Monday, December 8Nepali News Portal

गण्डकीमा आज थप ६७ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
भदौं २२, पर्वत
गण्डकी प्रदेशमा आज बिहान थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कास्कीको पोखरा महानगरपालिकामा ३१ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा एकजना, देवचुली नगरपालिकामा १४ जना सङ्क्रमित भएका छन् । गोरखाको गोरखा नगरपालिकामा १६ जना, पालुङ्गटार नगरपालिकामा दुईजना र तनहुँको व्यास नगरपालिकामा तीनजनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

कास्कीमा थपिएका मध्ये चारजना पोखरा महानगरपालिका स्थित पृथ्वीचोकमा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत २६ र २३ वर्ष उमेरका स्टाफ नर्स हुन् भने ३६ र २७ वर्ष उमेरका दुईजना महिला सहयोगी कर्मचारीको रूपमा कार्यरत छन् । यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका १२ का ४० वर्षीय पुरुष पनि स्वास्थ्यकर्मी रहेको निर्देशनालयले जानकारी दिएको छ । सङ्क्रमित भएका अरु सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका सङ्क्रमित हुन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्