सरकारले हलिया मुक्त घोषणा गरेको १२ बर्ष पुग्यो, हलियाको दैनिकी उस्तै – Kanika Khabar
Friday, May 16Nepali News Portal

सरकारले हलिया मुक्त घोषणा गरेको १२ बर्ष पुग्यो, हलियाको दैनिकी उस्तै

    मा प्रकाशित

कनिका खबर
भदौं २२, बाजुरा
नेपाल सरकाले मध्य तथा सूदूर पश्चिमका पहाडी जिल्लामा कुप्रथाको रुपमा रहेको हलिया प्रथा उन्मुलन गरेको हिजो १२ बर्षपूरा भएको छ । बाजुरा लगायतका जिल्लाहरुमा हलियाको जीवनमा भने कुनै परिवर्तन नआएको उनीहरूको गुनासो छ । मुक्त घोषणा गरेपछि सरकारले पुर्नस्थापनाका कार्यक्रमहरू सञ्चालन गरेपनि हलियाहरुको जिविकोपार्जनका लागि ठोस कार्यक्रम ल्याउन नसक्दा उनीहरूको दैनिकी पुरानै अवस्थामा रहेको जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष लालविर सार्कीले बताउनुभयो । हलिया मुक्ति दिवसको अवसरमा जिल्ला हलिया मुक्ति समाज बाजुराले सात बुँदे माग सहित नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत भुमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई पठाइएको ज्ञापनपत्रमा हलियाको पुर्नस्थापनाका लागि तीन तहको सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने, हलिया परिवारलाई वित्तिय सहजताका लागि बिषेश नीति अपनाउन माग गरेको छ । हलिया पहिरवारमा खाद्यान्न संकट ब्यवस्थापन, बधुवा श्रम निषेध मस्यौदा पारित गरिएको छ । बाजुरा जिल्लामा १ हजार ६ सय ४४ परिवार हलिया रहेकामा १ हजार चार सय ९१ परिवार मात्र पुनस्र्थापना कार्यक्रममा समावेश भएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्