दुईसय ५६ जनाको स्वाव संकलन गरी धनगढी पठाइयो – Kanika Khabar
Saturday, April 20Nepali News Portal

दुईसय ५६ जनाको स्वाव संकलन गरी धनगढी पठाइयो

    मा प्रकाशित

कनिका खबर
भदौं २२, बाजुरा

बाजुरामा दुईसय ५६ जनाको स्वाव संकलन गरी हिजो धनगढी पठाइएको छ । २२८ जना पूरुष र २८ जना महिलाको स्वाव संकलन गरी धनगढीको सेती प्रादेशिक प्रयोगशालामा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीमा लकडाउनको समयमा अग्रपङ्तीमा रहेर काम गर्ने ब्यक्तिहरुको स्वाव संकलन गरि हिजो धनगढी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिनुभयो । बडिमालिका नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा निरन्तर रुपमा सेवामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, व्यापारी लगायतको स्वाव संकलन गरिएको कार्यालय प्रमुख पन्तले बताउनु भयो । बाजुरामा हालसम्म संकलन गरिएका नमुना परीक्षणको रिर्पोट अनुसार कोरोनाको संक्रमण बढेको देखिएको पनि उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्