अस्पतालमा विशेषज्ञ सेवा सुरु – Kanika Khabar
Thursday, June 12Nepali News Portal

अस्पतालमा विशेषज्ञ सेवा सुरु

    मा प्रकाशित

कनिका खबर
भदौं २२, नुवाकोट
सर्वसाधारणको सुविधाका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीले विशेषज्ञ उपचार सेवा सञ्चालन गरेको छ । नुवाकोट, रसुवा र धादिङको उत्तरी भेगका नागरिकलाई लक्षित गरेर जिल्ला अस्पताल त्रिशूलीमा सर्जरी विशेषज्ञ सेवा सुरू भएको हो । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले त्रिशूली अस्पतालमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध गराउने प्रयत्न स्वरूप तत्कालका लागि सर्जरी विशेषज्ञ सेवा सुरू गरिएको जानकारी दिनुभयो । यसबाट विरामीलाई उपचारका लागि काठमाडौ धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ । यससँगै नुवाकोट, धादिङ र रसुवाका नागरिकले त्रिशूली अस्पतालमै सेवा पाउन सुरु गरेको अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्