कृत्रिम जलाशय अमारेमा बेपत्ता गाेपालकाे खाेजी – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कृत्रिम जलाशय अमारेमा बेपत्ता गाेपालकाे खाेजी

    मा प्रकाशित

 

सञ्जिव पछाइ
भदाै २२, दाङ ।

 

घाेराही उपमहानगरपालिका वडा नं. ४ मा अवस्थित अमारे ड्याममा बेपत्ता भएका गाेपाल सुनारकाे खाेजी कार्य जारी रहेकाे छ ।
हिजाे आइतबार अमारे ड्याममा नुहाउन गएका गाेपाल नुहाउने क्रममा बेपत्ता भएका हुन् ।
घाेराही वडा नं. ४ निवासी गाेपाल आफन्तीकाे घरबाट फर्कने क्रममा ड्याममा नुहाउन पसेका थिए ।
हिजाे आइतबारदेखि नै सुरक्षाकर्मीहरूले खाेजी कार्य जारी राखेका छन् । नेपाली सेना र नेपाल प्रहरीले खाेजी कार्य जारी राखेका छन् ।
यस अघि पनि दाङका अन्य कृत्रिम जलाशयमा मानिसले ज्यान गुमाएका छन् । पटक पटक यस्ता कृत्रिम जलाशयमा मानिसले ज्यान गुमाए पनि सम्बन्धित निकायले सुरक्षाकाे उचित प्रवन्ध गर्न सकेकाे छैन । जलाशयमा सामान्य छेकवार गरे पनि पूर्ण सुरक्षाकाे व्यवस्था गरेकाे पाइदैन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्