जलाशयमा बेपत्ता युवकको शब फेला – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

जलाशयमा बेपत्ता युवकको शब फेला

    मा प्रकाशित

कनिका खबर
भदौ २२, दाङ ।
दाङको एक कृतिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शब फेला परेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नं.४ भकारे स्थित अमारे तालमा डुवेर बेपत्ता भएका युवकको शव आज दिउँसो फेला परेको हो । हिजो आईतबार दिउँसो पौने ३ वजेतिर न्हाउने क्रममा डुबेर बेपत्ता भएका सोही ठाउँका २२ वर्षीय गोपाल सुनारको शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

उनको शब आज दिउसो पौन दुई बजेतिर फेला परेको हो । हिजो अन्य चार जना साथीसँगै तालमा पौडि खेल्ने क्रममा सुनार डुवेर बेपत्ता भएका थिए ।

उनको शव जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान प्रभु सुनारले फेला पारेका हुन् । प्रहरी जवान प्रभुले यसअघि घोराही उपमहानगरपालिका वडा नंं १७ मा रहेको गुलरियाको जलाशयमा बेपत्ता भएका एक युवकको शब पनि फेला पारेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्