रोटरी क्लव अफ दाङले क्यान्सर पीडित श्रेष्ठको लागि ३६ हजार बढी सहयोग – Kanika Khabar
Thursday, September 29Nepali News Portal

रोटरी क्लव अफ दाङले क्यान्सर पीडित श्रेष्ठको लागि ३६ हजार बढी सहयोग

    मा प्रकाशित

कनिका खबर
भदौ २२, दाङ ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ की क्यान्सर पीडित सरिता श्रेष्ठलाई सहयोग रकम जुट्न थालेको छ । पाठेघरमा क्यान्सर भएपछि चितवनमा उपचार गराइरहेकी श्रेष्ठको पैसाको अभावमा उपचार हुन सकेको थिएन ।

विभिन्न संचारमाध्यमले क्यान्सर पीडित श्रेष्ठको पैसाको अभावमा उपचार हुन सकेन भन्ने समाचार प्रकाशन गरेपछि अहिले सहयोग रकम जुट्न थालेको हो । अहिलेसम्म करिब ५ लाख सहयोग रकम जुटिसकेको क्यान्सर पीडित सरिता श्रेष्ठ बचाउ अभियानका संयोजक आशिक श्रेष्ठले बताए । अब करिब रु १० लाख रुपैयाँ जुट्न सके केसीको उपचार गर्न सकिने उनले बताए ।

आज मात्र रोटरी क्लव अफ दाङले क्यान्सर पीडित श्रेष्ठको लागि ३६ हजार ५ सय ५ रुपैयाँ सहयोग गरेको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको क्लवका अध्यक्ष चेतनारायण पाण्डेले पीडित श्रेष्ठकी छोरीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोगका लागि पीडित केसीकी छोरी रस्ना केसीको नाममा रहेको ग्लोवल आईएमई बैंकको खाता नम्बर ४१०७०१००१२१५४ मा सहयोग सकिने छ । थप जानकारीका लागि ९८६७३४८०७३ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिने उक्त परिवारले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्