नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना सङ्क्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३०० पुग्यो – Kanika Khabar
Saturday, June 14Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना सङ्क्रमितको मृत्यु, मृत्यु हुनेको संख्या ३०० पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ २२, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ४ जना महिला र ७ जना पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुने महिलाहरुमा काठमाडौंकी ३७, ८३ र ९० वर्षीया तीनजना महिला र कास्कीकी ६३ वर्षीय महिला छन् जना छन् ।

यस्तै पुरुषहरुमा मोरङका ७६ वर्षका एक पुरुष, सिरहाका ६२ र ८७ वर्षका दुईजना पुरुष, सर्लाहीका ३५ वर्षका एक पुरुष, दोलखाका ६९ वर्षका एक पुरुष, मकवानपुरका ३९ वर्षका एक पुरुष र बाँकेका ५९ वर्षका एक पुरुष रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्