भारतमाकोरोना सङ्क्रमण बढ्दै, ब्राजिलमा भन्दा पनि धेरै सङ्क्रमित – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

भारतमाकोरोना सङ्क्रमण बढ्दै, ब्राजिलमा भन्दा पनि धेरै सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ २२, दाङ ।
छिमेकी मुलुक भारत धेरै कोरोना सङ्क्रमित हुने मुलुकको सूचीमा ब्राजिललाई पनि उछिन्दै दोस्रो स्थानमा आइपुगेको छ । पछिल्लो २४ घण्टामा ९१ हजार ७२३ कोरोनाका नयाँ सङ्क्रमित थपिएसँगै भारत दोस्रो स्थानमा आइपुगेको हो ।

भारतमा एकैदिन थपिएको सङ्क्रमितको यो संख्या हालसम्मकै उच्च हो ।अमेरिका, ब्राजिल, दक्षिण अफ्रिकालगायत मुलुकहरूमा भने सङ्क्रमणदर घट्दै गएको छ । भारतमा भने सङ्क्रमण झन् बढ्दै गएको छ ।

कूल सङ्क्रमितको संख्यामा अब भारतभन्दा अगाडि अमेरिका मात्र रहेको छ । भारतमा कूल सङ्क्रमितको संख्या ४२ लाख माथी पुगेको छ ।कोरानाका कारण ७१ हजार बढीको मृत्यु भइसकेको छ । भारतमा हालसम्म ३२ लाख ४७ हजार उपचारपछि निको भएको तथ्यांक छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्