कोरोना अपडेट : आज कुन जिल्लामा कति कोरोना सङ्क्रमित थपिए ? – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना अपडेट : आज कुन जिल्लामा कति कोरोना सङ्क्रमित थपिए ?

    मा प्रकाशित

कनिका खबर
भदौ २२, दाङ ।

आज सोमबार नेपालमा थप ९७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का जिल्लाहरुमा उदपयुरका एक जना, झापाका १६ जना, पाँचथरका ६ जना, भोजपुरका एक जना, मोरङका ३९ जना, सुनसरीका ६५ जना र सोलुखुम्बुका एक जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४४ जना, महोत्तरीका ३ जना, सप्तरीका १९ जना, सर्लाहीका २० जना र सिरहाका ४१ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २९३ जना, काभ्रेका २८ जना, चितवनका १९ जना, दोलखाका ३ जना, धादिङका ४ जना, भक्तपुरका १३ जना, मकवानपुरका ७३ जना, ललितपुरका २० जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका १८ जना, तनहुँका ६ नवलपरासी पूर्वका १६ जना, पर्वतमा एक जना, लमजुङका १५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २ जना, गुल्मीका ८ जना, नवलपरासीका २ जना, पाल्पाका ५ जना, प्युठानका एकजना बर्दियाका ४१ जना, बाँकेका ४२ जना, रुपन्देहीका ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जाजरकोटका एक जना जुम्लाका एक जना, दैलेखका ३ जना, सुर्खेतका १९ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका ७ जना, कैलालीका ३ जना, बझाङका एकजना र बाजुराका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्