कनिका खबर
भदौ २३, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार विश्वभर २ करोड ७४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १० हजार २८० जनाको मृत्यु भएको छ । ३८ लाख ३१ हजार १७९ जना संक्रमित भएकोमा २१ लाख ६८ हजार ११३ जना संक्रमणमुक्त भएका छन् ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ८१ हजार ४९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७७ लाख ६०४ पुगेको छ । त्यसमध्ये ४५ लाख ९४ हजार ६४९ जना संक्रमणमुक्त भएका छन् ।
एसियाली मुलुकहरूमा १ लाख ५३ हजार ७६० जनाको मृत्यु भएको छ । ७८ लाख ५७ हजार ६४१ जना संक्रमित भएकोमा ६३ लाख ४९ हजार १८३ जना संक्रमणमुक्त भएका छन् ।
दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख १८ हजार ९४९ जनाको मृत्यु भएको छ । ६७ लाख ४७ हजार ४४५ जना संक्रमित भएकोमा ५३ लाख ८५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् ।
अफ्रिकी मुलुकहरूमा ३१ हजार ५७५ जनाको ज्यान गएको छ भने १३ लाख १२ हजार १७९ संक्रमित छन् । संक्रमितमध्ये १० लाख ४९ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् ।
अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ७९३ जनाको मृत्यु भएको छ । २९ हजार ३४६ जना संक्रमित भएकोमा २४ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् ।