स्वास्थ्य र भोको पेटलाई प्राथमिकता देऊ, मन्दिरलाई होइन : नेतृ डिला – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

स्वास्थ्य र भोको पेटलाई प्राथमिकता देऊ, मन्दिरलाई होइन : नेतृ डिला

    मा प्रकाशित

कनिका खबर
भदौ २३, दाङ ।


प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले सरकारलाई स्वास्थ्य र भोका पेटलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिएकी छिन् । उनले भनेकी छिन्, ‘जनताको स्वास्थ्य र भोका पेटलाई पहिलो प्राथमिकतामा राख अहिले मठमन्दिरलाई होइन ।’
मुलुक कोरोनाले आक्रान्त भएको बेला महामारीबाट कसरी बच्ने र बिहान बेलुकाको छाक कसरी टार्ने भनेर नेपाली जनता छटपटाइ रहेका अवस्थामा सरकारको रबैया भने सत्ता र स्वार्थमा रुमलिन पुगेकोप्रति दुःख व्यक्ति गरिन् । उनले भनिन् ‘आवस्यक स्वास्थ्य सामाग्री ,अस्पताल ,प्राबिधिक र विशेषज्ञ चिकित्सकका लागि लगानी बढाएर बढदो संक्रमण रोक्न पहलकदमी गर्नुको साटो साढे दुई अरब भन्दा बढी रकम मठमन्दिरमा खर्च गर्न सरकार लागिपरेको छ, धार्मिक आस्थाप्रतिको नेपालीको मन मन्दिर भित्र नै छ । ’ उनले थपिन, ‘यतिबेला त स्वास्थ्य र भोको पेट भर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने हैन र सरकार ?’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्