नेकपाले बोलायो स्थायी कमिटी बैठक – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

नेकपाले बोलायो स्थायी कमिटी बैठक

    मा प्रकाशित

कनिका खवर
भदौ २३, काठमाडौं
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भदौ २६ गते स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । स्थायी समितिअघि सचिवालयका नेताहरुबीच थप छलफल हुँदैछ । गत साउन १३ गतेदेखि अनिश्चितका लागि स्थगित भएको स्थायी कमिटी बैठक २६ गते बस्न लागेको हो । साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो । अर्का अध्यक्ष प्रचण्डले ओलीइतर समूहका २९ जना स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा बैठक सञ्चालन गर्नुभएको थियो । त्यसपछि उत्कर्षमा पुगेको नेकपा विवाद साउन ३० गते कार्यदल बनेसँगै समाधानको दिशामा गएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्