यो हो नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने बेनेलीको बाइक – Kanika Khabar
Friday, April 19Nepali News Portal

यो हो नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने बेनेलीको बाइक

    मा प्रकाशित

कनिका खबर
भदौ २३, दाङ ।


नेपाली बजारमा पछिल्लो समयमा सबैभन्दा बढी बिक्री हुने बाइक बनेको छ बेनेली टिएनटी १५०आई । नेपालमा केटिएम इन्टरनेसनल प्रालि मार्फत दाङ बेनेली सोरुमले बेनेलीका बाइकहरु बिक्री गरिरहेको छ ।
नेपाली बजारमा सो बाइक २०७६ को पुस महिनातिर भित्रिएको थियो । त्यसपछिको अवधिमा यो नेपाली युवा राइडरहरुले निकै नै रुचाएको मोडल बनेको छ ।
बेनेली टिएनटी १५० आईमा १४९.५ सीसीको लिक्विड कुल्ड इन्जिन छ । यसले ९.५ किलोवाटको पावर र ९.५ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा भएको कम्बी ब्रेक सिस्टमका कारण बाइकलाई रोक्न र चलाउन सहज छ ।
बाइकमा भएको ईएफआई इन्जिनका कारण यसको माइलेज लामो समयसम्म उही रहन्छ । नेकेड फ्रेम भएकाले यसको लुक आकर्षक छ भने अप एन्ड डाउन सस्पेन्सनका कारण राइडिङ अनुभव निकै नै गजब हुन्छ
यसमा भएको १९० एमएमको ग्राउन्ड क्लियरेन्सका कारण अफरोडमा समेत चलाउन सहज छ । बेनेलीका अन्य बाइकमा जस्तै यसमा पनि स्ट्यान्ड सेन्सर छ । सेन्सरको कारण यसलाई गियरमा भएको समयमा चलाउन सकिदैन ।
नेपाली बजारमा यो बाइकको मूल्य ३ लाख २२ हजार रुपैयाँ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्