प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ – Kanika Khabar
Thursday, February 13Nepali News Portal

प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौ २३, पाल्पा
पाल्पाको रामपूरमा प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रामपूर नगरपालिका वडा नम्बर ४ का सुसन नेपाली, मन बहादुर नेपाली र वडा नंम्बर ५ का सुरज सार्की रहेका छन् । उनीहरुले मदिरा सेवन गरी होहल्ला गरिरहेको अवस्थामा नियन्त्रणमा लिई स्वास्थ्य परीक्षण गर्न लागेका बेला रामपूर अस्पतालमा सुरक्षामा खटिएका प्रहरी जवान जयप्रकाश चौधरीलाई गालीगलौच गर्दै हातपात तथा कुटपिट गरेको ईलाका प्रहरी कार्यलय रामपुरले जनाएको छ । उनीहरुमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा दायर गरिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्