कोरोना भाइरसको सङ्क्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको भारतीय अनुसन्धानकर्ताको दाबी – Kanika Khabar
Monday, November 17Nepali News Portal

कोरोना भाइरसको सङ्क्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको भारतीय अनुसन्धानकर्ताको दाबी

    मा प्रकाशित

कनिका खबर
भदौं २३, दाङ
भारतमा कोरोना भाइरसको सङ्क्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोध कर्ताले कोरोना भाइरसको सङ्क्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् । भारतको गुवाहाटीस्थित ईन्डियन ईन्स्टिच्युट अफ टेक्नोलोजी आईआईटीका शोधकर्ता विद्यार्थीहरुले कोभिड– १९ को पहिचान र रोकथामका लागि नयाँ तरिका पत्ता लगाएको दाबी गरेका हुन् । आईआईटीका विद्यार्थीहरुले कोरोना भाइरस र सरफेस स्पाइक प्रोटिनको बीचमा बायो इन्टरफेस इन्ट्र्याक्सन विधिद्वारा कोरोना भाइरसको पहिचान र रोकथाम गर्ने उपायको विकास गरेको दाबी गरेका हुन । उनीहरुले एण्टिबडीमा आधारित तरिका र आर टी पिसिआरमा आधारित तरिकाको प्रयोग गर्दै आइरहेको बताएका छन् । कोरोना भाइरसको सरफेस स्पाइक प्रोटिन र अहिले तयार पारिएको सतह अर्थात लेयरकाबीच ईन्टरफेस ईन्ट्र्याक्सनको प्रयोगबाट कोरोना भाइरसको परीक्षण छोटो समयमा गर्न सकिने उनीहरुले दाबी गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्